होम मूर्ति पन्त, क्यानबरा
अहिले सम्ममा धेरै देशले निकै भौतिक उन्नति गरे। तर नेपाल तुलनात्मक हिसाबले हेर्दा धेरै पछि छ। नेपाल यसरि पछि पर्नुको कारण के होला र नेपाललाई कसरि सम्पन्न बनाउन सकिएला भन्ने प्रश्नहरुको जबाफ खोज्ने प्रयास यो लेखमा गरिएको छ। यो लेखको दाबि छ कि
नेपालीले खेपिरहेका सबै समस्याको मूल जरो – बिधिको शासनको अभाब –हो, गणतन्त्र आएपछि पनि यो समस्या जस्ताको त्यस्तै रह्यो। फलत: अहिलेको नेपाल पुजि र श्रम बिचको भागबण्डाको व्दन्दमा हैन कि सुशासन चाहनेहरु र कुशासनबाट लाभ लिनेहरु बिचको व्दन्दमा फँसेको छ। कुशासनबाट लाभ लिनेहरु ले बर्तमान राजनितिलाई कब्जा गरेका छन्।
यो समस्यालाइ हल नगरि नेपाल र नेपाली सम्पन्न बन्न सक्ने सम्भबना छैन।
यो समस्याबाट छुटकारा पाउनका लागि निम्न तिन ऊपायहरु अपनाउन सकिन्छ:
१. बिधिको शासनको लागि एकजुट हुने: जनताले खोजेको बिधिको शासन निम्न प्रकारले कायम गर्न सकिन्छ। सरकारले बर्तमान कानुनलाइ पूर्ण, निष्पक्ष र पारदर्शि तरिकाले कुनै लोभ वा त्रास बिना लागु गर्ने, सबै राजनैतिक दल र नेताहरुले कानुनको परिपालना गर्दा हस्तक्षेप नगर्ने प्रतिबध्दता दिने, निर्णय कार्यान्वयन भईसकेपछि त्यो बिधि सम्मत रह्यो कि रहेन भनेर राजनैतिक तहबाट खोजिनिति गर्ने र नागरिक समाजले यसमा कडा निगरानि राखि राख्ने र नेता र सरकारलाई दबाब दिई रहने।
२. नयाँ शासकिय स्वरुप: पद र पैसाको घन चक्कर बाट राजनितिलाई मुक्त गर्न नयाँ शासकिय स्वरुप आबस्यक छ, जस्मा निम्न कुरा हुनपर्ने देखिन्छन: स्वतन्त्र कार्यपालिका, ब्यबस्थापिका र न्यायपालिका को ब्यबस्था, प्रत्यक्ष निर्बाचन बाट प्रमुख कार्यकारिणि को चयन,शांसदहरु सरकारमा जान नपाउने ब्यबस्था (उनिहरु बिधि निर्माण र सरकारको निगरानि गर्नमा ब्यस्त रहन पाउन)। यस्तो ब्यबस्थामा चुनाब, पद, र पैसाको सम्बन्ध टुट्ने छ र सरकार पनि स्थिर रहने छ। फलत: बिधिको शासन चलने छ, जस्ले उत्पादक क्षेत्रमा लगानि उत्साहित गर्ने छ। उत्पादकत्व बढन गई देश सम्पन्न बन्ने छ।
३. प्रभाबकारिबिकेन्द्रिकरण को लागि राज्यको पुनर्संरचना: माथिका २ शर्तले बिकासको आधार त बनाउछन, तर बिकासको दर तिब्र पार्न र त्यसलाइ टिकाइ राख्न न्यायपूर्ण बितरण ब्यबस्था आबस्यक पर्दछ जसको लागि राज्यको पुनर्संरचना जरुरि छ। नयाँ संरचनामा निम्न गुणहरु आबश्यक देखिन्छन: राज्यहरु बिच सहकारिता , श्रोत तथा साधन माथि समान पहुँच, श्रम तथा पुंजिको गतिशिलता, अंश र बंश भन्दा क्षमता, कौशल र प्रतिभाको कदर,शासन ब्यबस्थामा सरोकारवाला जनताको सहि प्रतिनिधित्व, सबैलाई बिधिको साशनको बराबर प्रत्याभूति। यस्तो संरचनामा सबै जनताले आफ्नो हक अधिकारको पूर्ण रक्षा भएको अनुभब गर्नेछन जस्ले राष्ट्रिय अखण्डताको पनि आफै जगेर्ना गर्ने छ। पुरा लेख पढन यहाँ ल्किक गर्नु होला।