बिदेशमा बसोबास गर्ने अनुमति लिएका सरकारि कर्मचारिलाई के गर्ने?

नेपालमा अहिले चलिरहेका थुप्रै गरमागरम बहसहरु मध्ये सरकारि कर्मचारि (राष्ट्र सेबक) भएर बिदेशमा स्थाई बसोबासको अनुमति लिएकाहरुलाई छानबिन गरि त्यस्तो अनुमति नत्याग्ने कर्मचारिहरुलाई सरकारि जागिरबाट हटाएरै छाडने सामान्य प्रशासन मन्त्रि लाल बाबु पण्डितको प्रतिज्ञा का बारेमा चलिरहेको बहस एक हो। यसले देश बिदेशमा रहेका नेपाली बिच निकै सनसनि फैलाएको छ। उहाँका अन्तर्बार्ताहरु हर्दा बेला बखतमा केहि फुत्केका उहाँका केहि भनाईहरु उहाँको कार्य क्षेत्र बाहिर पर्ने र भनि रहन आबश्यक नपर्ने वा भन्नै नहुने खालको देखिएता पनि, मूलभूतरुपमा उहाँका अन्य भनाईहरु पिआर वा ग्रिनकार्ड लिएका निजामति सेबामा रहेका सरकारि कर्मचारि तिर नै लक्षित रहेको बुझ्न गाह्रो पर्दैन।

यसै शिलसिलामा अष्ट्रेलियन न्यासनल युनिभर्सिटिमा अध्यनरत नेपाली बिद्यार्थिहरुको संगठनले सामान्य प्रशासन मन्त्रिले हालै लिएको अडानलाई कसरि लिने, यो कदम ठिक हो कि हैन त, सरकारि कर्मचारि भएर बिदेशको पिआर वा ग्रिनकार्ड लिन हुन्छ कि हुदैन त भन्ने बारेमा एक सार्बजनिक (छलफल) सेमिनारको आयोजना गरेको थियो र मलाई छलफल चलाउने हिसाबले आफनो बिचार राख्न आग्रह गरेको थियो।

वि नेपाली का पाठकहरुको प्रतिक्रिया जान्ने र उहाँहरुको सुझाब संकलन गर्ने उद्देश्यले त्यो सामाग्रि यहाँ प्रस्तुत गरेको छु। त्यो सामाग्रिको लागि यहाँ (पि आर लिने कर्मचारिलाई के गर्ने?) क्लिक गर्नु होला।

मन्त्रि पण्डित संग ऋषि धमला ले दिएको अन्तर्बार्ताको लागि यहाँ क्लिक गर्नु होला र जगदिश खरेलले लिएको अन्तर्बार्ताको लागि यहाँ क्लिक गर्नु होला

होम मूर्ति पन्त
२६ अप्रिल २०१४
(hom.pant@gmail.com)

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *