३३ दलले पुरा गर्न सकिने सर्त राखेर चुनाबमा आउने प्रतिबद्दता जाहेर गर्दा गर्दै “बानको सल्लाह” को जामा लगाएर नागरिकले हालै दिएको सम्पादकिय सल्लाह र नागरिकले त्यहि मितिमा (१ अक्टोबर २०१३) प्रकाशित गरेको सोमत घिमिरेको लेख “वैद्य–विप्लव लडाइँमा निर्वाचन” निश्चयनै पठन योग्य छन। यि दुबैले नेपाललाइ कुन बाटो हिडने सल्लाह दिएका छन त्यो स्पष्ट देखिन्छ। यस्ता सल्लाह नेपालको हितमा छन कि छैनन् त्यो केलाउने काम नेपालीको हो। के नेपाल भूपिले भने जस्तै ‘हल्लै हल्लाको देश’ मात्रै हो त? के नेपालीहरूमा भ्रम र सत्य छुट्याउन सक्ने क्षमता नै छैन होला त?
खिलराज रेग्मिले प्रधान न्यायाधिसको पदबाट राजिनामा दिदा –
१. सबै दल निर्बाचनमा आउछन, संबिधान सभाको निर्बाचन शान्तिपूर्ण हुने संभाबना निकै धेरै हुन्छ (दलहरूले दादागिरि गरेनन् भने पुरै शान्तिपूर्ण हुन्छ भनेर ठोकुवा गर्न सकिन्छ);
२. सेना परिचालन गराउदा हुने भनिएको ३-४ अरबको खर्च आबश्यक पर्दैन, त्यो रकमलाइ अरु कुनै बिकाश -निर्माणमा लगाउन सकिन्छ;
३. सबै समाबेस भएर निर्बाचित भएको नयाँ संबिधानसभा र त्यस्ले दिने संबिधानको स्वामित्व सबैले ग्रहण गर्ने अबसर मिल्ने छ;
४. यसरि देशलाई शान्तिपूर्ण तरिकाले निकास दिने सुअबसर उपलब्ध हुदा त्यसको सदुपयोग गरेर किर्तिराख्न तिर रेग्मिजि आकर्षित हुनु भएन भने उहाँको अघि त्यो भन्दापनि आकर्षक अर्को अबसर उपस्थित भएको छ भन्ने मान्नु पर्ने हुन आउछ। बिगतमा उहाँले गरेका निर्णयलाई हेर्दा उहाँले यसै गर्नु होला भन्ने आधार म संग छैन।
आगामि १-२ हप्ता नेपालले निकट भबिष्यमा कुन बाटो हिडदै छ भन्ने संकेत दिने दिनहरु हुन। यो बेला बिभिन्न स्वार्थसमुह भ्रमको खेतिमा जुटेका देखिन्छन। यतिखेर नेपालीहरुले चनाखो भएर भ्रम र सत्यलाइ छुट्याउनै पर्ने बेला आएको छ। ३३ दललाई ध्वस्त गर्ने मौका पाइयो भन्ने भ्रममा परेर देशले संबिधान पाउने अबसरलाइनै ध्वस्त नपारौं। देशलाइनै ध्वस्त नपारौं। नेपालका श्री ४ लाई मेरो यहि आग्रह छ।
२ अक्टोबर २०१३